IME Life

किन बीमा कम्पनीहरु मार्जिन कारोवारका लागि सूचीमा पर्न असफल भए , को-को परे सूचीमा ?

SPIL
NIC ASIA

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले मार्जिन कारोबारका लागि योग्य ३१ कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले मार्जिन कारोवारको लागि योग्य ३१ कम्पनीको सूचीमा एउटा पनि बीमा कम्पनी परेका  छैनन् । नेप्सेले मार्जिन कारोबार सुविधाका लागि “मार्जिन कारोबार सुविधा कार्यविधि  २०७५” को दफा ८ मा तोकिएको व्यवस्था बमोजिमका लागि योग्य कम्पनी सार्वजनिक गर्दा निम्न कुराहरुलाई आधार मानेको थियो :

Prabhu
Crest
  • कम्तिमा १० हजार सेयरधनी भएको
  • कम्पनीको खुद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको
  • पछिल्ला २ आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको
  • दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभरि कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको
  • आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको।

सार्वजनिक सूचीमा ११ वाणिज्य बैंक, ६ वटा विकास बैंक, ९ वटा लघुवित्त, ३ वटा जलविद्युत कम्पनी, एउटा होटल र नेपाल टेलिकम परेका छन्।

हेरौ मार्जिन कारोवारका लागि योग्य कम्पनीहरुको सुची

बीमा कम्पनीहरु मार्जिन कारोबारको सूचिमा पर्न नसक्नुमा  समयमै साधारण सभा हुन नसक्नु एउटा प्रमुख कारण रहेको छ । एक्चुयरी मुल्यांकनको कारणले गर्दा बीमा कम्पनीहरुको साधारण सभा निकै ढिलो हुँदै आएको छ । कार्यविधि अनुसार पुष महिना भित्र साधारण सभा गर्ने कम्पनीहरु सो सुचिमा पर्दछन् । तर यो वर्षको उदाहरण दिदा कुनै पनि कम्पनीहरुले चैत्र महिना लाग्दा सम्म पनि  साधारण सभा गर्न सकेका छैनन। बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव गरे पनि बुक क्लोज र साधारण सभाको मिति तय गर्न सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS