नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३० औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले पारित गरे बमोजिम कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/ ७४(गत आव)को लागि चुक्ता पुँजीको १३.५ प्रतिशत बोनस सेयर बितरण गर्ने छ ।
उक्त कार्यक्रममा सभाले कर प्रयोजनको लागि नगद लाभांश १ करोड ८८ लाख रुपैयाँ पारित गरेको छ ।गत आवमा कम्पनीले कूल ५०६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीका अध्यक्ष प्रेमा सिंहले बताएकी छिन् । सो अवधिमा कम्पनीले १६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको एवम् ४१ करोड रुपैयाँको खुद मुनाफा आर्जन गरेको अध्यक्ष सिंहले जानकारी दिइन ।
यसैगरी चालु आवको अन्तसम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई १६ अर्ब ९६ करोड पुगेको छ ।
गत साधारण सभाबाट पारित निर्णय अनुसार ६० प्रतिशत हकप्रद सेयर र बोनस सेयर वितरण पश्चात कम्पनीको कूल चुक्ता पूँजी ३ अर्बभन्दा बढी पुग्ने कम्पनीले जनाएको छ ।