महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच बीमा सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र ओम डेभलपमेन्ट बैंकको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंकले देशभर रहेका ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशको २३ स्थानमा कारोबार सञ्चालनको तयारी गरिरहेको विज्ञप्ती मार्फत जनाएको छ ।