IME Life

बीमांकी बापत बार्षिक करोडौ रुपैयाँ बाहिरिन्छ नेपालबाट

SPIL
NIC ASIA


बीमांकीय मूल्यांकनको लागि नेपालबाट बार्षिक करोडौ रुपैयाँ बाहिरिने गरेको छ । नेपालमा एउटा पनि बीमांकी नहुँदा नेपालबाट रकम बाहिरिने गरेको हो ।

जीवन बीमा कम्पनीले तयार पारेको बार्षिक वित्तीय विवरण बीमांकीले मूल्यांकन गर्नुपर्छ । त्यसैगरी बीमांकीद्धारा नै नयाँ बीमालेख निर्माण गर्नुपर्छ । तर, नेपालमा एउटा पनि बीमांकी नभएपछि नेपाली बीमा कम्पनीहरु भारतीय बीमांकीको भर पर्दै आएका छन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले बीमालेख बनाउँदा वा बार्षिक वित्तीय विवरण बनाउँदा बीमांकी नियुक्त गर्नुपर्छ । यसरी कम्पनीले बीमांकी नियुक्त गरेपछि बीमा समितिसँग अनुमती लिनुपर्छ । बीमा समितिले पनि आफुले नियुक्त गरेको बीमांकीसँगको सल्लाह पछि मात्रै कम्पनीलाई बीमांकी नियुक्त गर्ने अनुमती प्रदान गर्छ ।

बीमा समितिले भारतीय बीमांकीलाई मासिक १ लाख रुपैयाँ भुक्तानी गर्दै आएको बीमा समितिका निर्देशक कमल रेग्मीले बताए । जीवन बीमा कम्पनीहरुले भने बीमालेख निर्माण गरेबापत भारतीय बीमांकीलाई १ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्दै आएका छन् भने वित्तीय विवरण तयार गरे बापत ८ लाख रुपैयाँसम्म भुक्तानी गर्दै आएको समितिको भनाई छ ।

यसलाई आधार मान्ने हो भने पनि समितिले बीमांकी मूल्यांकन बापत बार्षिक १२ लाख रुपैयाँ खर्च गर्छ । त्यसैगरी १९ जीवन बीमा कम्पनीले ८ लाख रुपैयाँ भुक्तानी गर्दा बार्षिक १ करोड ५२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यसमा पनि नयाँ बीमालेख बापत भुक्तानी गर्ने रकम जोड्ने हो भने अझै धेरै रकम बाहिरिने गरेको देखिन्छ ।

बीमा समितिले भारतीय बीमांकी सुभ्रमन्यू कोलीमारलाई बीमांकी नियुक्त गरेको छ । उनी एक बर्ष देखि समितिको बीमांकीको रुपमा काम गर्दै आएका छन् । यस अघि भारतीय एमके गोर्वद्धन समितिको बीमांकी थिए । उनले सन् २००० देखि २०१७ सम्म समितिको बीमांकीको रुपमा काम गरे । नेपालका सबै कम्पनीहरुले भारतीय बीमांकीसँग काम गर्दै आएका छन् भने मेटलाईफ इन्स्योरेन्सले ताईवानको बीमांकीसँग काम गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS