नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्बन्धी सम्झौता


नेपाल र बंगलादेश सरकारबीच दोहोरो करमुक्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राजश्व सचिव लाल शंकर घिमिरे र बङलादेशका तर्फबाट अर्थ मन्त्रालयका सिनियर सचिव मोसहरफ हुसैन भुईयानले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

साथै अर्थमन्त्री डा. युवराज खतिवडासँग बंगलादेशका हुसैन र नेपालस्थित बंगलादेशकी राजदुत मसेफ बिन्टे सामले भेटवार्ता गरेको थियो । सम्झौता कार्यक्रममा मन्त्री खतिवडा र राजदूत साम समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार