Prabhu Life Ad Final

आइएमई जनरलको १ लाख २ हजार कित्ता सेयर लिलामि आज देखि

IME PAY

आइएमइ जनरल इन्स्योरेन्सले आज (फागुन २२ गते) बुधबार देखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी बिक्रिमा ल्याएको छ ।

NCHL

कम्पनीले यस अघि बिक्रि नभएको हकप्रद लिलामिमा ल्याएको हो । कम्पनीले पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गरेको थियो । जसमा एक लाख ७ सय ६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख २ हजार ३६४ कित्ता अवितरित भएको थियो । सोही शेयर अहिले लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । साथै ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।

फागुन ३० गते सम्म लिलामीमा आवेदन दिने सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ। हकप्रद पूँजीकरण पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x