IME Life

दलाल व्यवसायीलाई फकाउँदै बोर्ड, छलफलबाट नै समस्या समाधान हुने आश्वसान

SPIL
NIC ASIA

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई संयमित भै कारोबार गर्न आग्रह गरेको छ । वजारको विकास र विस्तार तथा देखिएका समस्याहरुको समाधानको लागि बोर्ड सम्वद्ध पक्षहरु संग छलफल तथा अन्र्तक्रिया गरी कार्य अगाडि वढाउन तत्पर रहेको बताउँदै व्यवसायिक समस्याहरु रहे छलफलवाट त्यसलाई निराकरण गर्नुपर्ने बोर्डले बताएको छ । गत फागुन ७ गते संघिय संसदमा पूँजी बजारका बिषयमा भएको छलफलमा बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीको अभिव्यक्तिबाट रुष्ट भएका दलाल व्यवसायीहरु आन्दोलनमा जाने भएपनि बोर्डले छलफलबाट नै समस्या समाधान गरिने बताएको हो ।

बोर्डले विगत केही वर्ष देखि धितोपत्र दलाल व्यवसायी सेवालाई मूल्य अभिवृद्धि करमा आवद्घ गर्ने सम्वन्धमा समस्या रहेकोमा वोर्डको पहलमा नेपाल सरकारले धितोपत्र दलाल व्यवसायलाई मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरी वित्तीय मध्यस्थकारी संस्थाको मान्यता दिएको बताएको छ । साथै मार्जिन कारोवार सुविधा उपलब्ध गराउने कार्र्य कार्यान्वयनमा ल्याउन नेप्से र धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिइएकोमा सो कार्यान्वयनमा आउन लागेको समेत नेप्सेले बताएको छ । धितोपत्र दलाल व्यवसायी संस्थालाई सुदृढ गर्दै काठमाडौ उपत्यका वाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको तथा अन्य आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको छ । साथै अन्य जिल्ला र स्थानहरुमा नियामक निकायहरुको संस्थागत तथा प्राविधिक क्षमता, धितोपत्र दलाल व्यवसायीको क्षमता तथा आर्थिक सक्रियताको हिसावले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा अगाडि वढाउन एवं धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र व्यापारी (डिलर) को रुपमा कार्य गर्ने सम्वन्धमा नियमावली संशोधनको प्रक्रिया अगाडि वढाई सम्वद्घ पक्षहरुको राय सुझावको लागि अनुरोध समेत गरिएको बोर्डले जानकारी दिएको छ ।

Prabhu
Crest

बोर्डले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभाको अर्थ समितिले गरेको पूँजी बजारमा देखिएको समस्या सम्वन्धी छलफल कार्यक्रममा वोर्डका अध्यक्ष कार्कीले धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने, व्यवसायको पहँुच विस्तार गर्नुपर्ने लगायतका धितोपत्र व्यवसाय तथा वजार बिकास तथा विस्तारका सम्वन्धमा दिनु भएको अभिव्यक्तिलाई अन्यथा रुपमा लिइएको बताएको छ । सो सम्वन्धमा व्यवसायीहरुसंग वोर्डमा छलफल समेत गरी स्पष्ट समेत गराईसकिएको र नेपाल सरकारद्घारा गठित मुद्रा तथा पूँजी बजार सम्वन्धी कार्यदलको सुझाव अनुसार नेपाल सरकार र वोर्ड समस्या समाधान गरी वजारको सुधार गर्ने क्रममा रहेकोमा एक्कासी धितोपत्र दलाल व्यवसायीहरुले आन्दोलन गर्ने भन्ने जानकारी प्राप्त भएकोमा वोर्डको गंभिर ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS