IME Life
GBIME

मौद्रिक नीतिको समीक्षाले बैंक र व्यवसायीको माग सम्बोधन हुन्छ : डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी

SPIL
NIC ASIA new
NLIC


मिडिया इन्टरनेशनलले आयोजना गरेको वित्तीय पहुँचमा टेक्नोलोजीको भुमिका विषेश कार्यक्रमको उद्घाटन गर्दै उनले मौद्रिक नीतिको समीक्षाले बैंक र व्यवसायीको माग सम्बोधन गर्ने डेपुटी गर्भनर चिन्तामणी शिवाकोटील बताएका छन् । उक्त कार्यक्रम मार्फत फाइनान्सn नेटिसको मोबाईल एप सावजनिक गरेको छ ।

उच्च ब्याजदर भएको गुनासो धेरै आएपछि त्यसको समाधानको लागि विभिन्न नीतिगत परिवर्तन गरेको बताउदै बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी अभाव देखिएको बताए । त्यसैले दिर्घकालीन फण्डको लागि दिघकालीन ऋणपत्रलाई प्रथामिकता दिएको र निर्यात प्रवद्र्धधनको लागि निर्यात कर्जाको व्याजदरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिएको जानकारी दिएका छन् ।

Crest

त्यस्तै बैंकहरुले कल डिपोजिटलाई नै मान्यता दिईरहेको छ यसलाई कम मान्यता दिएर कल डिपोजिटको सिमालाई १० प्रतिशत कायम राखिएको बताएका छन् ।

उनले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले बैंकिङ क्षेत्रमा देखिएका सबै समस्या हल गर्ने बताएका छन् । उनले यसबाहेक कतै समस्या भए बैंकर र व्यक्तिसँग एकैठाउँमा बसेर छलफल गरी समस्या समाधान गर्ने नेपाल राष्ट्र बैंक तयार रहेको बताए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत परिवर्तन गरेको सिएसआर र पुनरकर्जा मार्फत कार्यान्वयन सुरु गरेको छ ।

पुनरकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले अबदेखि ८ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने छ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा दिने पुनरकर्जालाई ४ प्रतिशतमा झारेको थियो । जसले गर्दा ऋणीले अबदेखि ८ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा पाउने छन् ।निर्यात पुनरकर्जाको ब्याजदर ३ प्रतिशत हुने व्यवस्था कार्यान्वयनमा गएको छ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS