IME Life

जीवन बीमा कम्पनीको दोस्रो त्रैमासमा को अघि को पछि ?

SPIL
Sanima Reliance

हाल दोस्रो बजारमा ७ वटा जीवन बीमा कम्पनीको शेयर खरिद बिक्री हुने गरेकोमा ७ वटै जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७५/७६को  दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको अवस्था छ ।

इन्स्योरेन्स खबर टीमले जीवन बीमा कम्पनी बीच गरिएको तुलनात्मक अध्ययन

Crest
Meta Holidays

चुक्ता पूँजीको आधारमा:

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब पूँजीको लक्ष्य दिएकोमा नेपाल लाईफ र नेशनल लाईफले मात्र सो लक्ष्य हासिल गरेका छन भने अरु ५ जीवन बीमा कम्पनीले सो लक्ष्य हासिल नगरेको अवस्था छ । सबै भन्दा थोरै पुँजी भएको कम्पनीमा गुराँस लाईफ पर्दछ । गुराँस लाईफको अहिले पुँजी ५९ करोड ४० लाख रुपैयाँ मात्र छ ।

जगेडा कोषको आधारमा:

जगेडा कोषमा नेपाल लाईफ नै अघि छ । नेपाल लाईफको जगेडा कोषमा ३ अर्ब ७३ करोड संचित छ भने प्राइम लाइफको जगेडामा ९७ करोड ९० लाख रुपैया छ ।

जीवन बीमा कोषको आधारमा:

जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा ५६ अर्ब ७३ करोड छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ४८ अर्ब ६८ करोड छ ।

कुल र खुद बीमा शुल्क आर्जन रकमको आधारमा:

नेपाल लाईफले १० अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरको छ भने १० अर्ब ४७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाईफ पछि लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ५ अर्ब ७८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा:

खुद नाफाको आधारमा नेपाल लाईफ अघि छ । यो ६ महिनाको अवधिमा नेपाल लाईफले २८ करोड ५ लाख खुद नाफा गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले १७ करो८ ११ लाख खुद नाफा गरेको छ ।

यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कुल र खुद दावी भुक्तानीको आधारमा :

किताबी मूल्यको आधारमा:

प्रति शेयर नेटवर्थ (किताबी मूल्य)को आधारमा नेपाल लाईफ इन्स्योरेन्स अघि छ । नेपाल लाईफको किताबी मूल्य १९३ रुपैयाँ ३८ पैसा छ । उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो, यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x