सुर्या लाईफ इन्स्योरेन्स कम्पनि र कामना सेवा विकास बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए सँगै बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरु बाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
हाल बैंकको ६३ वटा शाखा तथा १७ एटिएम मार्फत गा्रहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।