IME Life

दुईवटा जीवन बीमा कम्पनीले मात्र पुराए पूँजी

SPIL
NIC ASIA

 
रिना खत्री ः चालु आर्थिक बर्ष २०७५/७६ को प्रथम त्रैमासिकको वित्तिय विवरण अनुसार दुई वटा जीवन बीमा कम्पनीहरुले पूँजी कायम गरेका छन् । हालसम्म ९ वटा पुराना जीवन बीमा कम्पनीमध्ये नेपाल लाईफ र नेशनल लाईफ इन्स्योरेन्सले पूँजी कायम गरेका छन् ।

सबैभन्दा बढी चुक्ता पुँजीे नेपाल लाईफ इन्स्योरेन्सले कायम गरेको छ । कम्पनीले पूँजी ४ अर्ब ३९ करोड ६९ लाख रहेको छ भने नेशनल लाईफ इन्स्योरेन्सको पूँजी २ अर्ब ६२ करोड १९ लाख रुपैयाँ पुगेको छ । बीमा समितिको निर्देशन अनुसार यही पुसमसान्तसम्ममा कम्पनीहरुले २ अर्ब पूँजी पुराउँनुपर्नेछ । नयाँ कम्पनीको हकमा भने यो निर्देशन लागू हुने छैन ।

Prabhu
Crest

पुँजी पुराउन बाकी रहेका जीवन बीमा कम्पनीहरु
प्राईम लाईफ इन्स्योरेन्सको प्रथम त्रैमासको विवरण अनुसार १ अर्ब ७८ करोड पूँजी रहेको छ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको पूँजी १ अर्ब ७५ करोड रहेको छ र ज्याति लाईफ इन्स्योरेन्सले १ अर्ब ५४ करोड पूँजी पुव्याएको छ ।
सूर्या लाईफ इन्स्योरेन्सको आव २०७५/७६ को प्रथम त्रौमासको आधारमा १ अर्ब १३ करोड १९ लाख बराबरको पूँजी रहेको छ । एशीयन लाईफ इन्स्योरेन्सको १ अर्ब २५ करोड ६७ लाख रहेको छ । लाईफ इन्स्योरेनस कर्पोशन नेपालको १ अर्ब ३३ करोड ४६ लाखको पूँजी रहेको छ ।

नयाँ कम्पनीहरुमा भने प्रभु लाईफ इन्स्योरेन्स, सानिमा लाईफ इन्स्योरेन्स , सन नेपाल लाईफ इन्सयोरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, रिलायबल लाईफ इन्स्योरेन्स यी कम्पनीहरुको पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ४७ करोड पूँजी रहेको छ भने युनियन लाईफ इन्स्योरेन्सको १ अर्ब ५० करोड रुपैयाँको पूँनी रहेको छ ।

पूँजीको आधारमा करोडमा रहेको जीवन बीमा कम्पनीहरु
मेट लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी प्रथम त्रैमासको विवरणमा राखिएको छैन । यसै गरि सबैभन्दा कम पुँजी कायम हुनेमा राष्ट्रिय बीमा संस्था रहेको छ । कम्पनीको प्रथम त्रैमासको आधारमा हेर्ने हो भने पूँजी १८ करोड १० लाख रुपैयाँ मात्र छ । यसैगरी गुँरास लाईफ इन्स्योरेन्सको ५९ करोड ४० हजारको पूँजी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS