SKIP THIS

Slicl

सुमन पोखरेल रेमिटर्स एसोसिएसनको अध्यक्षमा निर्वाचित

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । काठमाडौंमा बिहिबार सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । सुमन आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि का चन्द्र टण्डनलाई उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल महासचिवमा निर्वाचित गरेको छ । यसैगरी सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्ष, आइपे रेमिटका इन्द्र शर्मा सचिवमा चुनिएका छन् ।

कार्यसमिति सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिकं) चुनिएका छन् । विधानअनुसार निवर्तमान अध्यक्ष दिवाकर थापा कार्य समितिमा रहनेछन् ।

सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार