माछापुच्छ्रे बैंक र मेडिसिटि अस्पताल बीच एकआपसमा सम्झौता भएको छ । सम्झौता भए सँगै माछापुच्छ्रे बैंकका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालको उपचार सेवामा ७ प्रतिशत सम्म छुट पाउने भएका छन् ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।