IME Life

प्रधानमन्त्रीको प्रश्न लघुवित्तका नाममा शहरी क्षेत्रमा चर्को ब्याज किन ? 

SPIL
NIC ASIA

प्रधानमन्त्री केपी शर्मा ओलीले लघुवित्तका नाममा चक्रपथ भित्रै चर्को ब्याज लिने गरिएको बताएका छन् । ग्रामिण भेगमा लगानी गर्दा सञ्चालन खर्च अधिक हुने भएकोले लघुवित्त संस्थाहरुलाई १८ प्रतिशतको सिमा तोकिएको हो । तर, संस्थाहरुले आफनो उद्धेश्य विपरित शहरी क्षेत्रमा सोही दरमा कर्जा प्रवाह गरेको पाईएको बताएका हुन् ।

काठमाडौमा शनिबार देखि सुरु भएको दोस्रो राष्ट्रिय लघुवित्त सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शहरी क्षेत्र भित्र चर्को ब्याजदर लिन नपाईने बताएका छन् । “लघुवित्त संस्थाले लिने ब्याजदर अन्य मुलुकको तुलनामा नेपालमा कम हो । तर, लगानी गर्ने क्षेत्रको आधारमा ब्याजदर निर्धारण गर्नुपर्छ,” उनले भने ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकका कायमुकायम गर्भनर चिन्तामणी सिवाकोटीले लघुवित्त संस्थाहरुमा सुपरिवेक्षण हस्तक्षेप हुन सक्ने बताएका छन् । राष्ट्र बैंकले विपन्न कर्जा अन्र्तगत एकल महिलालाई दिईने कर्जामा १ प्रतिशत ब्याजदर घटाउँन निर्देशन दिएको छ । तर, लघुवित्त संस्थाहरुले उक्त निर्देशन पालना नगरे पाईएको उनले बताए ।

त्यस्तै कायममुकायम गर्भनर सिवाकोटीले लघुवित्त संस्थाको संख्या बढ्दै गएकाले आगामी दिनमा मर्जर र एक्वीजिसनको अवस्थामा पनि सृजना हुन सक्ने बताएका छन् । “दुई बर्ष अगाडी नै दर्ता भै बसेका धेरै संस्था छन् । केही पाईपलाईन पनि छन्,” उनले भने । पाईपलाईनमा रहेकालाई दर्ता प्रक्रिया जान बन्द गरिएको समेत उनले बताए ।

सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त क्षेत्रमा विपन्न कर्जाको अपचलन भएको बताए । लघुवित्त क्षेत्रमा बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाको कारण विकृति बढ्दै गएको छ । फलस्वरुप पछिल्लो समयमा लघुवित्त संस्थाको निश्क्रिय कर्जा बढ्दै गएको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS