प्रभु बैंकको नयाँ शाखा कार्यालय गुल्मीको रानीबासमा सञ्चालनमा आएको छ । बैंकले गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित उक्त कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।
रानीबास शाखा उद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा रहेको थिए ।
बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत व्याजदरको कर्जा उपलब्ध गराएको छ ।