Prabhu Life Ad Final

नयाँ बीमा कम्पनीहरुको ६ अर्ब ५८ करोडको आईपिओ आउँदै

IME PAY
IME Life

नयाँ बीमा कम्पनीहरुको साढे ६ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बरारबको साधारण सेयर जारी हुने भएको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पुराउँनुपर्नेछ । त्यसको लागी कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुटाउँनु पर्नेछ ।

नेपालमा अहिले ३९ वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये ९ वटा नयाँ जीवन कम्पनी छन् भने तीन वटा नयाँ निर्जीवन बीमा कम्पनी सञ्चालित छन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु र सन नेपाल लाईफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हुन् । नयाँ निर्जीवन बीमा कम्पनीहरुले समितिको प्रावधान अनुसार ७०-७० करोड रुपैयाँ कायम गरेका छन् । बाँकी पूँजी कायम गर्न लागी साधारण सेयर जारी गर्नुपर्नेछ ।

आईपिओ जारी भएपछि सानिमा लाईफ, प्रभु लाईफ, रिलायवल, आईएमई र सन् नेपालको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड, रिलायन्स लाईफको २ अर्ब १० करोड, ज्योति लाईफको २ अर्ब २० करोड र युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड रुपैयाँ पूँजी पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS