पूँजीबजार र वित्तिय बजार अध्ययन गर्न समिति गठन गर्यो अर्थमन्त्रालयले

Citizen Life Insurance Co


अर्थमन्त्रालयले नेपालको पूँजी बजारमा देखिएको समस्याको बिषयमा अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयले गत विहीबार मन्त्रीस्तरीय निर्णय अनुसार अध्ययन समिति गठन गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, बैकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तिय क्षेत्र व्यवस्था हेर्ने सहसचिव सम्मिलित एक समिति गठन गरेको छ । समितिले आगामी ७ दिन भित्रमा सुझाव पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार