नेप्से परिसूचक २ अंकले बढेर ११२० को विन्दुमा, आज निर्जीवन र जीवन बीमाको उपसुचकमा हरीयाली

Citizen Life Insurance Co

नेप्से परिसूचक साताको पाचौ दिन २ दशमलव ७० अङ्कले बढेर ११२० दशमलव ८४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३७ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

हाईड्रोपावर र उत्पादनमूलक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा हरीयाली आएको छ । जीवन बीमाको परिसुचमा ० दशमलव ८९ प्रतिशतको वुद्धि भएको छ । एनएमबी बैंकको ४ करोड ४६ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको सेयर ७ दशमलव ३० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कालिका लघुवित्तको शेयर ७ दशमलव ४२ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ७२ प्रतिशतले बढेकोे छ भने ४ हजार ९ सय ४८ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ८९ प्रतिशतले बढेर ५ हजार ११ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ४ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका १ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा हरीयाली आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार