IME Life

आईआईआईको परिक्षा अबदेखि बीमा तालिम केन्द्र नेपालले नै लिने

SPIL
NIC ASIA

अब देखि भारतीय बीमा तालिम केन्द्र (आईआईआई) को परिक्षा बीमा तालिम केन्द्र नेपालले नै लिने भएको छ । आईआईआईद्धारा सञ्चालित व्यवसायिक कोर्षको परिक्षा बीमा समिति अन्र्तगतको बीमा तालिम केन्द्र नेपालले लिने भएको समितिका सल्लाहकार तथा बीमा तालिम केन्द्र नेपालका प्रमुख भोजराज शर्माले बताए ।

बीमा क्षेत्रमा काम गर्न चाहने व्यक्तिलाई लक्षित गरी आईआईआईले विभिन्न तहको व्यवसायिक कोर्ष सञ्चालन गर्दै आएको छ । लाईसेन्ससिप, एशोसियटसिप तथा फेलोसिप गरी तीन तहको कोर्षका सञ्चालन हुँदै आएको छ । आईआईआईले हालसम्म नेपालमा ओरियण्टल इन्स्योरेन्स मार्फत परिक्षा लिदै आएको थियो । यस्तो खालको परिक्षा नोभेम्बर र मे महिनामा हुँदै आएको छ । यस पटकको नोभेम्बर सेशनको परिक्षामा बीमा तालिम केन्द्र नेपालले लिएको छ । परिक्षामा ५४ जना भन्दा बढी सहभागी भएका थिए ।
आईआईआईद्धारा सञ्चालित व्यवसायिक कोर्ष अध्ययनमा नेपालीहरुको पनि उत्तिकै रुचि देखिएको छ । तर, अहिलेको अवस्थामा नेपालीहरुले भारतीय बीमा क्षेत्रकै अध्ययन गर्ने र परिक्षा दिने गर्दै आएका छन् । आगामी दिनमा कोर्षमा नेपाली बीमा क्षेत्रलाई समेटिने आईआईएनको उद्धेश्य रहेको छ । साथै यस्ता कोर्षहरुले आईआईएनले नै सञ्चालन गर्ने समेत योजना रहेको समितिले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS