IME Life

नेपाल पुर्नबीमा कम्पनी ५ औ बर्षमा प्रवेश, विदेशी व्यवसाय भित्राउन सफल

SPIL
NIC ASIA

पूर्नबीमा कम्पनी ५ औ बर्षमा प्रवेश गरेको छ ।  कम्पनीको पाँचौ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बीमाको क्षेत्रमा सबैलाई समावेश गरिनुपर्ने बताए । बीमाको क्षेत्रमा किसानहरु र लघुव्यवसायलाई पनि यसमा समेटेर अघि बढ्नु पर्ने बताए । किसानहरुको व्यवसाय असुरक्षित रहेको  छ । उनीहरुलाई पनि बीमाको क्षेत्रमा समावेश गरिनु पर्ने उनले बताए ।

बीमा समितीका अध्यक्ष चिरञ्जीवी चापागाईले सहरमा मात्र नभई गाँउ–गाँउमा बीमा सेवा पुग्नु पर्ने बताए । उनका अनुसार जीवन बीमा व्यवसायमा ३१ प्रतिशत र निर्जीवन बीमामा १८ प्रतिशत व्यबसाय बृद्धि भएको छ । आगामी दिनमा हामीले बीमाको दायरमा नआएकाहरुलाई पनि यसमा समावेश गर्ने उनले बताए ।

Prabhu
Crest

नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष महेश गुरागाईले भारतीय चारवटा ठूला कम्पनीले सहकार्य गर्न चाहिरहेको बताए । उनका अनुसार विश्वका ए ग्रेडका पुर्नबीमा कम्पनीले हामीसँग काम गर्न इच्छा देखाएका छन् । कम्पनीले चालु आवमा ७ अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्य लिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले नेपाल पुर्नबीमा कम्पनीले सर्वसाधारणको लागि चाडै नै शेयर जारी गर्न लागिएको बताए । कार्यक्रममा बोल्दै भण्डारीले पुर्नबिमा कम्पनीले विदेशी कम्पनीहरुबाट पनि व्यवसाय भित्राई रहेको बताए । हाल हाम्रो मुद्रा बाहिर गएको छैन उल्टो हामीले बाहिरबाट मुद्रा भित्राएका छौ । नेपाल पुर्नबीमा कम्पनी सबैको सहयोग र सद्भावले अघि बढ्ने हुदाँ कुनै कमी कमजोरी रहेको छ भने औल्याई दिन सल्लाह र सुझाव दिन पनि उनले आग्रह गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS