नेप्से ७.४३ अंकले बढेर १२२४ को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा हरीयाली

Citizen Life Insurance Co

नेप्से परिसूचक साताको तेस्रोे दिन ७ दशमलव ४३ अङ्कले बढेर १२२४ दशमलव ३६ अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड १८ लाख रुपैयाँ पुगेको छ ।


होटल, हाईड्रोपावर र माईक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु क्षेत्रको उपसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै बैंकिङ क्षेत्रको परिसुचकमा ० दशमलव ८५ प्रतिशतले वृद्धि आएको छ ।
सबैभन्दा धेरै प्रभु बैंकको १ करोड ८० लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एपिआई पावर कम्पनीको शेयर ४ दशमलव ७३ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ४१ प्रतिशतले बढेकोे छ भने ५ हजार ५ सय ७३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ४३ प्रतिशतले बढेर ५ हजार ५ सय ३३ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ३५ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ३ करोड १० लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार