सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पताल बीच सम्झौता, ग्राहक र शेयरधनीलाई ओपीडी सेवामा १० प्रतिशत छुट

सेञ्चुरी कमर्सियल बैंक र धापाखेल, ललितपुरस्थित सुमेरु अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पताल प्रा.लि. का अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको ओपडी लगाएत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
हाल बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार