IME Life

कालिका पावरको आईपिओ बाँडफाड १ लाख १३ हजार १७७ जना आवदेकलाई  १० कित्ता विभाजन

SPIL
Sanima Reliance

कालिका पावर कम्पनीले सर्वसाधरणलाई जारी गरेको आईपिओ वुधवार बाँडफाड भएको छ । वुधवार कम्पनीको शेयर १ लाख १३ हजार १७७ जना आवदेकले १० कित्ताको दरले विभाजन गरेका छ । कम्पनीले गत भदौ २८ गतेदेखी असोज ९ गते सम्ममा १२ लाख कित्ता आईपिओ बिक्रि खुल्ला गरेको थियो ।

जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख ९६ हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशा गरीएको हो ।

Crest
Meta Holidays

कर्मचारीलाई छुट्याएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछी सर्वसाधरणलाई नै उक्त शेयर थप गरी बाँडफाड गरिएको हो । १२ करोडको आईपिओको लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो भने, ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि आवेदन परेकोमा १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ ।
१सय२० वटा दोहोरो आवेदनको कारण र २६ वटा आवेदन कम्पनीले माग गरेको कारण रद्द भएको हो । प्राथामिक निष्काशनमा प्राकृतिक व्यक्त्तिले मात्र आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।
यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । साधारण सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x