IME Life

अजोड इन्स्योरेन्स र ईजी एस्योरेन्स बीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने सम्बन्धी सम्झौता

SPIL
NIC ASIA

काठमाडौं: अजोड इन्स्योरेन्स लिमिटेड र ईजी एस्योरेन्स प्राइभेट लिमिटेड बीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ईजी एस्योरेन्सका तर्फबाट अध्यक्ष संजित पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति दिनेछ ।

Prabhu
Crest

त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ । ईजी एस्योरेन्स प्राइभेट लिमिटेडले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत एक लाख रुपैयाँको दुर्घटना बीमा अन्तर्गत रकम प्रदान गर्नेछ ।

ईजी एस्योरेन्स प्राइभेट लिमिटेडले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवा अन्तरगत मोबाइल ग्राहकहरुले न्यूनतम १,५०० भन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ । न्यूनतम ४९ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको मूल्यअनुसार फरक फरक हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS