IME Life

जीवन बीमा कम्पनीहरुको कार्यालय व्यवस्थापन र कर्मचारी संरचना-  खिमलाल घिमिरे

SPIL
NIC ASIA
खिमलाल घिमिरे

कुनै पनि संस्थाले आफुलाई बाहिरी रुपमा विश्वास दिलाउनको लागि अत्यावश्यक पक्ष मानिन्छ कार्यालय व्यवस्थापन । अनि संस्थाको भविष्य जोडिएको हुन्छ संस्थामा कार्यरत कर्मचारीहरु सँग, बढ्दो शहरीकरण सँगै बढि महत्वाकांक्षी र तडक भडक गर्ने ग्राहकको सामु विश्वास जित्न संस्थाको कार्यलय व्यवस्थापन र कर्मचारीको संरचना पनि दक्ष र एक द्धार प्रणालीको हुनु पर्छ । बीमा क्षेत्रमा विश्वको इतिहास हेर्दा बीमा क्षेत्र अत्यन्तै सम्मानजनक र आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा मानिन्छ भने हाम्रो जस्तो मुलुकमा बीमा क्षेत्र त्यति सम्मानजनक र आवश्यकतामुखी हुन सकिरहेको छैन/देखिदैन ।

देश हालै मात्र संघीय संरचनामा गए लगत्तै देश भित्र रहेका सरकारी कार्यालयहरु आंशिक रुपमा विभाजित भई स्थानीय निकाय समक्ष सेवादिन हाजिर भई रहेको अवस्थामा आर्थिक क्षेत्रको धरोहरको रुपमा रहेका वैँक , वित्तीय संस्थाहरु मध्ये राष्ट्र बैंकको निर्देशन पछि सबै “क” वर्गका बैंकहरुले आ आफ्ना शाखा विस्तार गरी जनतालाई सेवा दिएसकेका छन भने त्यही आर्थिक क्षेत्रको जोखिम व्यवस्थापन गर्ने निकाय बीमा कम्पनी हरुलाई पनि यो स्तरको सेवा जनतालाई पु¥याउनु पर्ने चुनौति छ । हरेक वित्तीय संस्थाको काम जनता सँग छरिएको पूँजीलाई एकिकृत गरी ठूलो पूँजी संकलन गर्नु र त्यो पूँजी लगानी गरी रोजगारीमा वृद्धि, देशलाई आत्मनिर्भर वनाउनुको साथै देशलाई आर्थिक संवृद्धिको बाटो तर्फ अगाडी बढाउनको लागि ठूलो भूमिका निर्भाह गर्नु बैंक तथा बीमा कम्पनीको उदेश्य तथा कर्तव्य जस्तै हुन आउँछ ।

Prabhu
Crest

बीमा कम्पनीको स्थापना भएको आज ५ दशक विति सक्दा पनि किन यसरी बीमा जनमुखी बन्न सकिरहेको छैन ? के बीमाको कार्यालय व्यवस्थापन र कर्मचारी संरचनाले यो कार्यलाई प्रभाव पारेकै हो त ? कार्यालय व्यवस्थापन र कर्मचारी संरचनाले बीमा व्यवसायमा पक्कै पनि केही असहजता बनाएको छ । सपनाको कुरा देखाएर विश्वासको भरमा लाखौँ रुपैयाँ बिमित सँगबाट लिनको लागि तथा उक्त विमितलाई विश्वास दिलाउनको लागि कार्यालयमा भौतिक व्यावस्थापन र दक्ष कर्मचारीको अभाव वर्तमान जीवन बीमा कम्पनीहरुमा विद्यमान रहि आएको छ ।

हाल नेपालमा सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनी मध्ये सबै भन्दा पुराना मानिने इन्स्योरेन्स कम्पनीहरुको सेवा पनि त्यति ग्राहक प्रति उत्तरदायी भएको देखिदैन त्यस पछि बीचमा खुलेका कम्पनीहरुको कार्यलय व्यवस्थापन र कर्मचारी संरचना पनि त्यति व्यवस्थित त छैन तर पहिलेको भन्दा केही फरक पन चाहीँ देखिन्छ ।

अहिले नेपालमा एकै पटक ९ वटा जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिइए लगतै पुराना कम्पनीमा कार्यरत अनुभवि कर्मचारीहरुको ठूलै माग आयो । ताना तान पनि चल्यो आखिर यहाँ बाट पनि के पुष्टि भयो भने बीमा कुनै व्यक्तिको विश्वासको आधारमा मात्र गरिन्छ भन्ने , जहाँ कि आफ्ना भाइ साथी,नातागोता, इष्टमित्र सबैलाई कसैले पनि बीमाको सहि र सत्य कुरा अनि बीमा नाफा घाटा सँग तुलना नगरी आफ्नो जीवनमा आई पर्ने अर्पत्यासित जोखिमलाई आर्थिक पक्षबाट पुरा गरी ढुक्क सँग जीवन यापन गर्नको लागी एउटा बलियो माध्यम नै बीमा हो भनि बुझाउन नसक्नुले आज पनि बीमा व्यक्ति विशेष बनिरहेको छ । यो पक्ष नै बीमा क्षेत्रमा ठुलो चुनौती र समस्याको जड बनिरहेको छ ।

२०७२ सालमा गएको विनासकारी भूकम्पले ठूलो धनजनको क्षति पु¥यायो । यस पछि बीमाको केही दायरा बढेता पनि बीमा समिति, बीमा विज्ञ हरुको तथ्याङक अनुसार नेपालमा बीमा गर्नेको सङख्या जम्मा जनसंख्याको ८–१० प्रतिशत मात्र छ भन्ने गरेको तथ्याङकले देखाउछ ।

यस्तो प्रशस्तै खाली जनसङख्या भएको ठाँउमा पनि बीमा गराउन नसक्नु र लक्ष्य अनुसारको काम गर्न नसक्नुले हरेक बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुको क्षमता कुन्ठित भएको र असक्षम हुनु परेको पीडा पनि धेरै नै सुनिन्छ । आखिर यहाँ काम प्रतिको लगाव नहुनु ,असक्षम कर्मचारी, अव्यवस्थित कार्यालय , कर्मचारी संरचनाको अभाव जस्ता केही प्रशासनिक कमजोरीका कारण जस्ता धेरै कारणले कम्पनीको लक्ष्य बमोजिम कार्य गर्न अप्ठ्यारो परेको हुन सक्छ ।

नेपालमा सञ्चालनमा आएका बीमा कम्पनीहरुको कार्यालय व्यवस्थापनमा त्यती जोड दिइएको जस्तो लाग्दैन किनकि कार्यालयमा आवश्यक पर्ने भौतिक सामाग्रीहरु समेत पर्याप्त मात्रमा उपलब्ध छैनन । यसैमा पनि कार्यालयमा कार्यरत कर्मचारीहरुको संख्या जम्मा १ जना मात्र रहेर काम गर्नु परेको पीडा सायदै पहाडी भेगमा भर्खर मात्र खुलेका सम्पूर्ण इन्स्योरेन्स कम्पनीका शाखाहरुमा विद्यमान छ ।

जीवन बीमा होस या निर्जीवन बीमा नै किन नहोस बीमा समितिको निर्देशन बमोजिम हरेक शाखा कार्यालयमा अनिवार्य दुई जना कर्मचारी कार्यरत हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ । हामीले प्रत्यक्ष रुपमा देख्न सकिन्छ बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आफ्नो तन,मन र धनले भ्याए सम्म पेशा प्रति उत्तरदाही पक्कै पनि हुन्छन नै तर पनि कार्यलयमा बीमा सम्बन्धी आवश्यक पर्ने सम्पूर्ण खालका सुविधाहरु उपलब्ध हुन नसक्नुले पनि कार्यरत कर्मचारीलाई काम प्रति उच्च मनोवल नभएको देखिन्छ भने विभिन्न कम्पनीहरुले ठूलो रकम तथा लामो समय र भिजन लगाएर उत्पादन गरेका योजनाहरु कस्तो ग्राहकलाई कस्तो योजना ठीक हुन्छ र कुन स्तरको व्यक्तिलाई कति बीमांक बराबरको योजना खरिद गर्दा बीमालेख निरन्तर चालु हुन सक्छ, भन्ने कुराको ज्ञान आफ्ना अभिकर्तालाई बुझाउन नसक्नुले गर्दा पनि विभिन्न कम्पनीहरुको व्यतित बीमालेख अनुपात भन्दा धेरै भएको केही तथ्यांकहरु बाट हामीहरु देख्न सक्छौ।

यो अवस्था निरन्तर रहे कालान्तरमा जुनसुकै कम्पनीलाई पनि खतरा हुने भएकोले क्षणिक कम्पनीको लक्ष्यलाई पूरा गर्ने उद्देश्यलेमात्र नभई दीर्घकालमा कम्पनीलाई फाइदा हुने र बीमित स्वयमंलाई पनि फाइदा हुने बीमा योजना खरीद गरी ढुक्क सँग जीवन जिउने वातावरण सिर्जना गराउनु विभिन्न कम्पनीमा कार्यरत कर्मचारीको बीमा प्रतिको ज्ञान तथा क्षमतामा भर पर्ने भएको हुँदा व्यवस्थापन र कर्मचारी संरचनाले बीमा व्यवसायमा पक्कै पनि केही असहजता बनाएको छ ।

सपनाको कुरा देखाएर विश्वासको भरमा लाखौँ रुपैयाँ बीमित लिनको लागि तथा उक्त बीमितलाई विश्वास दिलाउनको लागि कार्यालयमा भौतिक व्यावस्थापन र दक्ष कर्मचारीको अभाव वर्तमान जीवन बीमा कम्पनीहरुमा विद्यमान रहि आएको छ । हाल नेपालमा सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनी मध्ये सबै भन्दा पुराना मानिने इन्स्योरेन्स कम्पनीहरुको सेवा पनि ग्राहक प्रति उत्तरदायी भएको देखिदैन त्यस पछि बीचमा खुलेका कम्पनीहरुको कार्यलय व्यवस्थापन र कर्मचारी संरचना पनि त्यति व्यवस्थित त छैन तर पहिलेको भन्दा केही फरक पन चाहीँ देखिन्छ ।

अहिले नेपालमा एकै पटक ९ वटा जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिइए लगत्तै पुराना कम्पनीमा कार्यरत अनुभवि कर्मचारीहरुको ठूलै माग आयो । कर्मचारी तानातान पनि चल्यो आखिर यहाँ बाट पनि के पुष्टि भयो भने बीमा कुनै व्यक्तिको विश्वासको आधारमा मात्र गरिन्छ भन्ने , जहाँ कि आफ्ना भाइ साथी,नातागोता, इष्टमित्र सबैलाई कसैले पनि बीमाको सहि र सत्य कुरा अनि बीमा नाफा घाटा सँग तुलना नगरी आफ्नो जीवनमा आई पर्ने अर्पत्यासित जोखिमलाई आर्थिक पक्षबाट पुरा गरी ढुक्क सँग जीवनयापन गर्नको लागी एउटा बलियो माध्यम नै बीमा हो भनि बुझाउन नसक्नुले आज पनि बीमा व्यक्ति विशेष बनिरहेको छ ।

यो पक्ष नै बीमा क्षेत्रमा ठुलो चुनौती र समस्याको जड बनिरहेको छ । २०७२ सालमा गएको विनासकारी भूकम्पले ठूलो धनजनको क्षति पु¥याएपछि बीमाको केही दायरा बढेता पनि बीमा समिति, बीमा विज्ञ हरुको तथ्यांक अनुसार नेपालमा बीमा गर्नेको संख्या जम्मा जनसंख्याको ८–१० प्रतिशत मात्र छ भन्ने गरेको तथ्यांकले नै देखाउँछ ।

यस्तै प्रशस्तै खाली जनसंख्या भएको ठाँउमा पनि बीमा गराउन नसक्नु र लक्ष्य अनुसारको काम गर्न नसक्नुले हरेक बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुको क्षमता कुन्ठित भएको र असक्षम हुनु परेको पीडा पनि धेरै नै सुनिन्छ । आखिर यहाँ काम प्रतिको लगाव नहुनु ,असक्षम कर्मचारी, अव्यवस्थित रुपमा राखेको हुन्छ । यसर्थ जीवन बीमा कम्पनीहरुमा ग्राहकहरुको लागि अत्यावश्यक सेवा जस्तै, बीमालेख जारी, बीमालेख धितोराखि दिइने ऋण, बीमालेख समर्पण, मृत्युदावी भुक्तानी, नविकरण रसिद, ऋण भुक्तानी सुविधा लगायतका सुविधाहरु उपलब्ध गराउन नसक्नुले पनि आम बीमितहरुको विश्वास जित्न केही अप्ठ्यारो परेकै हो ।

तसर्थ अबको प्रविधियुक्त युगमा यस्ता ग्राहकमुखी सेवालाई विस्तार गर्दै कार्यलय व्यवस्थापन तथा कर्मचारी संरचनालाई चुस्त दुरुस्त राख्दै बीमा शिक्षालाई विभिन्न तहका पाठ्यक्रमहरुमा समावेश गर्दै लैजान सके अवश्य पनि बीमाको पहुँच विभिन्न तह र तप्कासम्म पुगि सम्पूर्ण नेपालीहरु बीमाको दायरा भित्र आउन सक्ने थिए ।

                                                                        लेखक: लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS