IME Life

एलआईसीले नेपाल पुर्नबीमासँग गर्यो शतप्रतिशत पुर्नबीमा सम्झौता

SPIL
NIC ASIA

काठमाडौं: लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल र नेपाल पुर्नबीमा कम्पनी बीच शतप्रतिशत पुर्नबीमा सम्झौता भएको छ । आईतबार नेपालको द्रोस्रो ठुलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपालले शतप्रतिशत पुर्नबीमा नेपाल पुर्नबीमा कम्पनीमा गरेको हो । एलआईसी नेपालका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदार र पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पुर्नबीमा बापत बर्षेनी बाहिरिदै आएको करोडौ रुपैयाँ रोक्न सरकारले पुर्नबीमा कम्पनीको स्थापना गरेको हो । नेपाल पुर्नबीमा कम्पनीलाई सक्षम बनाउँन सरकारले चालु आर्थिक बर्ष देखि २० प्रतिशत हिस्सा नेपाल पुर्नबीमा कम्पनीमा पुर्नबीमा गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल सरकारको सोही व्यवस्थालाई अक्षरस पालना गर्दै एलआईसी नेपालले नेपाल पुर्नबीमा कम्पनीमा नै शतप्रतिशत पुर्नबीमा गर्ने निर्णय गरेको एलआईसी नेपालका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले बताए । एलआईसी नेपालले नेपाल पुर्नबीमासँग जोखिम र महाविपत्तिको शतप्रतिशत पुर्नबीमा गरेको छ ।

Prabhu
Crest

भारतीय सरकारको लगानी समेत रहेको एलआईसी नेपाल कम्पनीसँग भएको शतप्रतिशत पुर्नबीमा सम्झौताले नेपाल पुर्नबीमा कम्पनीको सक्षमता प्रष्ट हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीले बताए । नेपाल पुर्नबीमा कम्पनीसँग शतप्रतिशत पुर्नबीमा गर्ने एलआईसी छैटौ कम्पनी हो । यस अघि सूर्या लाईफ, एशियन लाईफ, सानिमा लाईफ, आईएमई लाईफ र राष्ट्रिय बीमा कम्पनीले पनि नेपाल पुर्नबीमा कम्पनीसँग शतप्रतिशत पुर्नबीमा सम्झौता गर्दै आएका छन् । कम्पनीले २८ मुलुकका ५० वटा बीमा कम्पनी र पुर्नबीमा कम्पनीसँग पुर्नबीमा व्यवसाय गर्दै आएको छ । गत आवमा कम्पनीले करिब ४ अर्ब रुपैयाँको व्यवसाय गरेको थियो । चालु आवमा ७ अर्ब रुपैयाँको व्यवसाय गर्ने लक्ष्य लिएको छ ।

हुलदंगा आतंकबाद सम्बन्धि जोखिम विदेशी पुर्नबीमा कम्पनीले नलिएपछि सरकारले आकस्मिक बीमा कोषको खडा गरेको थियो । २०७१ सालमा सोही कोषलाई नै नेपाल पुर्नबीमा कम्पनीमा रुपान्तरण गरिएको हो । हाल कम्पनीको पूँजी १० अर्ब रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS