नेप्से ८.५९ अंकले बढेर ११९० को विन्दुमा, निर्जीवन बीमाको उपसुचकमा भने हरियाली

Citizen Life Insurance Co

नेप्से परिसूचक साताको पहिलो दिन ८ दशमलव ५९ अङ्कले बढेर ११९० दशमलव २८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३० करोड २५ लाख पुगेको छ ।
सबै भन्दा धेरै अन्य क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव २७ प्रतिशतले घटेको छ । अन्य, माईक्रोफाईनान्स, जीवन बीमा क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै होटेल क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

निर्जीवन बीमा क्षेत्रको परिसुचकमा १ दशमलव ७७ प्रतिशतले वृद्धि भएको हो ।सबै भन्दा धेरै एनआईसि एसिया बैंकको शेयर ३ करोड २० लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै एन आई सि एसिया बैंकको सेयरमा ५ दशमलव ५९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सुर्योदय लघुबित्त बित्तीय संस्था को शेयर ३ दशमलव ३१ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५१ प्रतिशतले बढेको छ भने ५ हजार ७ सय ९३ को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०२ प्रतिशतले घटेर ५ हजार ५ सय २० को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ४१ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ३ करोड ६१ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमामा केहि वृद्धि आएता पनि जीवन बीमामा भने गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार