IME Life

नेशनल इन्स्योरेन्सको खुद नाफा १८ करोड ९२ लाख

SPIL
NIC ASIA

काठमाडौं: नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले २७ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ८७ करोड ७७ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीको बीमा कोषमा ९८ करोड ९८ लाख धनात्मक , जगेडा तथा कोष ३९ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने महाविपत्ती जगेडा कोषमा दुई करोड ६५ लाख रुपैयाँ धनात्मक छ ।

२०७५ असार मसान्तसम्म कम्पनीले दुई हजार ४३७ कुल दाबी वापत ९३ करोड ३४ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने एक हजार २८४ दाबी वापत ६८ करोड ५७ लाख रुपैयाँको दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

२०७५ असारमसान्त सम्ममा कम्पनीले ३१ हजार ८३७ जारी बीमालेख जारी गरेको छ भने नवीकरण गरिएको बीमालेखको संख्या १५ हजार ९२६ रहेको छ ।

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेप्सेमा भने सुचिकृत छैन।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS