IME Life
GBIME

नेप्से ९.३९ अंकले बढेर ११८१ को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि

SPIL
NIC ASIA new
NLIC

नेप्से परिसूचक साताको पाचौँ दिन ९ दशमलव ३९ अङ्कले बढेर ११८१ दशमलव ६९ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ९ लाख पुगेको छ ।
सबै भन्दा धेरै होेटेल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । होटेल क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव १३ प्रतिशतले घटेको छ । होटेल क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै निर्जीवन बीमा क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसुचकमा १ दशमलव १ प्रतिशतले वृद्धि भएको हो ।

सबै भन्दा धेरै एन आई सि एसिया बैंकको शेयर २ करोड ९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नाडेप लघु वित्त वित्तीय संस्था लि.को सेयरमा ८ दशमलव ८८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सप्तकोशी डेभल्पमेन्ट बैंकको शेयर ३ दशमलव ४१ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव १ प्रतिशतले बढेको छ भने ५ हजार ७ सय ६४ को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ४८ प्रतिशतले बढेर ५ हजार ५ सय २१ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ११ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पनीहरूको २ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमामा पनि वृद्धि आएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS