IME Life

बैंकरलाई पनि बीमा टार्गेटको टेन्सन

SPIL
NIC ASIA

काठमाडौं: बीमा कम्पनीका कर्मचारी मात्रै हैन बैंकका कर्मचारी पनि बीमा टार्गेटको टेन्सनमा पर्न थालेका छन् । बैंक तथा बीमा कम्पनी बिच कथित बैंकास्योरेन्स सम्झतौ भएपछि बैंकहरुले आफना कर्मचारीलाई बीमाको टार्गेट दिन थालेका हुन् ।

बैंकहरुले प्रत्येक कर्मचारीलाई बोलाएर निश्चित रकमको टार्गेट दिईएको बैंकका एक कर्मचारीले बताए । उनका अनुसार प्रत्येक बैठकमा बीमाको टार्गेटकै बिषयमा छलफल हुन्छ । बैंकले एउटा कर्मचारीलाई २० लाखसम्मको टार्गेट दिएको ती कर्मचारीले बताए । टार्गेट प्राप्त गरेबापत कमिशनको पनि व्यवस्था गरिएको छ ।

Prabhu
Crest

कर्मचारीलाई बीमाको टार्गेट दिईएको कारण अधिकांश बैंकका कर्मचारी रुष्ट भएका छन् । दैनिक कार्यलयको काम त छदैछ, साथमा अभिकर्ताको पनि काम गर्नुपर्ने भएपछि कर्मचारीहरु रुष्ट भएका हुन् । केही कर्मचारीले भने बैंकमा बसेर अभिकर्ताको काम गर्न नसक्ने भनी विरोध समेत जनाएको उनले बताए ।

राष्ट्र बैंकका कर्मचारी समेत रहेका चिरञ्जीवी चापागाई बीमा समितिको अध्यक्षमा नियुक्त भएपछि कथित बैकासुरेन्सले प्रश्रय पाएको हो । उनले राष्ट्र बैंकको सहकार्यमा बैंकास्योरेन्सको नीतिगत व्यवस्था गरिने धारणा व्यक्त गरेपछि बीमा कम्पनी र बैंक बिच बैंकास्योरेन्स सम्झौता भएको समाचार आउँन थालेको हो । बास्वतमा उनीहरु बिच भएको  बैंकास्योरेन्स नभई संस्थागत अभिकर्ता सम्झौता मात्र हो ।

धेरै पोलिसी बिक्री गर्ने कर्मचारीलाई सम्मान गर्दै नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंक लिमिटेडले धेरै बीमा पोलिसी विक्री गर्ने कर्मचारीलाई सम्मान समेत गर्न थालेको छ । बैंकले साउन महिनामा धेरै पोलिसी बिक्री गरेको भन्दै कर्मचारी बद्री बिक्रम थापालाई सम्मान समेत गरेको छ ।

यो सम्मान पत्र बैंकको फेसबुक पेज बाट लिइएको हो ।

किन मौन छ बीमा समिति ?
नीतिगत रुपमा नै व्यवस्था नभएको बैंकास्योरेन्सको अत्यधिक प्रचार प्रसार हुँदा समेत बीमा समिति मौन छ । समितिले नयाँ ऐन मार्फत बैंकास्योरेन्सको व्यवस्था गर्न लागेकाले पनि यस बिषयमा मौन बसेको हो । तर, कानुनी रुपमा व्यवस्था नभएको बिषयमा प्रचार प्रसार गरी आम सर्वसाधारणलाई भ्रम फैलाउँदा समेत नियमनकारी निकाय चुप रहँनु खेदपूर्ण रहेको बिज्ञहरु बताउँछन् । उनीहरुका अनुसार या त नीति गत व्यवस्था हुनुपर्छ । अन्यथा जनतामा भ्रम पार्नु हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS