काठमाडौं : मेटलाइफ इन्कले किशोर पोन्नभोलुलाई १ सेप्टेम्बर २०१८ बाट लागू हुने गरी कम्पनीको एसिया क्षेत्रको अध्यक्षमा नियुक्त गरेको छ । कम्पनीको कार्यकारी समूहको सदस्यका रूपमा रहने पोन्नभोलुलाई प्रमुख, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्टेभन ए. कनडारिअनलाई रिपोर्ट गर्ने जिम्मेवारी प्रदान गरिएको छ । मेटलाइफ इन्कको एसिया क्षेत्र अध्यक्षको कार्यालय हङकङमा रहेको छ ।
पोन्नभोलुले मेटलाइफ एसियाकै नवीनताको केन्द्र (इनोभेसन हब) मानिने जापान, कोरिया, अस्ट्रेलिया र लुमेनल्याबलाई सीधा रूपमा सुपरभाइज गर्नेछन् । तादिकोंदाले भने बंगलादेश, चीन, हङकङ, भारत, मलेसिया, नेपाल र भियतनामको सुपरभाइज गर्नेछन् ।पोन्नभोलु हाल संयुक्त राज्य अमेरिकास्थित मेटलाइफको अटो एन्ड होम बिजिनेसको प्रमुख रहेका छन् भने तादिकोंदा मेटलाइफको प्रमुख रणनीति अधिकारी रहेका छन् ।
मेटलाइफले रेबेका तादिकोंदालाई पनि १ सेप्टेम्बर २०१८ बाटै लागू हुनेगरी स्ट्राटेजिक ग्रोथ मार्केट एसियाको प्रमुखमा नियुक्त गरेको छ । उनले पोन्नभोलुलाई रिपोर्ट गर्नेछन् भने उनको कार्यालय सिंगापुरमा रहेको छ ।