![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/rajendra-amatya.jpg)
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा स्थायी घर भएका राजेन्द्र अमात्य पेशाले बीमा अभिकर्ता हुन् । व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेका अमात्य आफ्नो करिअर भने बीमा अभिकर्ताबाट सुरुवात गरे । १६-१७ वर्ष उमेरको छदाँ नै यिनमा बीमाको ज्ञान हुनुका साथ साथै महत्व पनि बुझेका थिए । र त यही पेशालाई जीवन भरि अगाली रहे ।
वि.स. २०४६/४७ सालमा एक संस्थामा आवद्ध रहेका अमात्य त्यहि समय देखि नै आफु आवद्ध संस्थामा पनि जीवन बीमाको आवाज उठाउँदै आएका थिए । बीमाको जरुरत र आवश्यकताको महशुस गरेका थिए । साथमा नन्द प्रसाद तिवारी (पेशागत अभिकतासँगका अध्यक्ष) पनि सँगै थिए । उनलाई नै आफ्नो पेशाको प्रेरणाका पात्र पनि मान्छन् । यो समयमा पनि उनीहरुलाई बीमा जरुरत छ जस्तो लाग्थ्यो । शुरुवातमा यी दुवै एकै ठाँउमा काम गरेको भए पनि समय अन्तरालमा भने पछि छुट्टीए । अभिकर्ताको लाईसेन्स बिना नै आम जनताहरुमा बीमा गर्नु पर्छ भन्ने चेतना फैलाउनुका साथै ४ जना लाई बीमा गराईसकेका भएता पनि उनले वैधानिक रुपमा बीमा अभिकर्ताको तालिम भने २०५९ साल तिर लिए । तालिम पश्चात भने झनै उनमा बीमा प्रति खुल्दुली उत्पन्न भयो ।
अभिकर्ताको तालिम पश्चात उनले सर्वप्रथम आफनै नजिकको भाई पर्ने गम्भिर बहादुर थापाको पहिलो बीमा गरे । पहिलो बीमा गराउन उनलाई खासै गाहे भने परेन । उनी भन्छन् भाईले बीमा बुझि सकेका थिए । मैले खासै बुझाउनु परेन ।
उनले यो पेशा अगाल्न थालेको समयमा भने आम समुदायलाई बीमाको बारेमा केहि ज्ञान भएता पनि बीमा गर्नमा भने झन्झटिलो मान्ने प्रवृति भने धेरै थियो । आज पनि बीमा के हो र किन गर्नु पर्छ भन्ने मानिसहरु धेरै छैनन् तर पनि त्यो समय र अहिलेको समयमा भने केहि हदसम्म परिवर्तन भने भएको उनी बताउँछन् ।
बीमा क्षेत्रलाई अगाडि बढाउनका लागि भने उनको फरक विचार रहेको छ । आज सवै विधाका ज्ञानका लागि आआफ्ना विषय छन्, वेग्ला वेग्लै रुपमा पढाईन्छ । यसै गरी बीमा सम्बन्धि सबैमा ज्ञानको ज्योति छर्नका लागि पनि अरु विषयको पढाई जस्तै यसको पनि पढाई हुनुपर्ने उनको अनुभव छ । तर परिवर्तनको लागी एक व्यक्तिले मात्रै सम्भव छैन । अन्य पक्षले पनि उत्तिकै साथ दिनुपर्ने उनी बताउँछन् ।
उनमा एउटा बीमा अभिकर्तामा हुनु पर्ने गुणहरु प्रशस्तै छन् । मिहेनत र धैर्य गर्ने क्षमता उनमा छ । साथमा लगनशिल र विषयवस्तुको ज्ञान पनि छ र काम गर्न सक्ने क्षमता पनि । उनी भन्छन् यो पेशा यस्तो पेशा हो, यो पेशा अपनाउने जो कोहिले पनि आफुलाई आवश्यक पर्ने रकमका लागि मिहेनत गरेमा जति पनि आम्दानि गर्न सक्छन् साथमा आफनो आम्दानी सँगै सामाजिक रुपबाट आर्थिक प्रत्याभुति, समाज सेवा जस्ता कार्यहरु पनि गर्न सकिन्छ ।
बीमा एक प्राविधिक विषय हो, उनी भन्छन् बीमा क्षेत्रमा एउटा अभिकर्ताको ठुलो भुमिका हुन्छ । एउटा अभिकर्तामा इमान्दारिता,नम्रता, आशावादी, अत्यन्त लगनशिलता, सम्बन्धित विषयवस्तुको ज्ञान साथै धैर्यता, सकारात्मक सोच जस्ता गुणहरु हुनु पर्दछ ।
पैसाका लागि मिहेनत गर्ने मान्छेका लागि जुनसुकै क्षेत्रमा पनि ठाँउ रहन्छ । उनी भन्छन् यो पेशा यस्तो पेशा हो, जसले समाजमा छरिएर रहेको सर्वोत्कृष्ट बचतलाई बीमाका माध्यमबाट संकलन गरेर उनीहरुको भविष्यमा पर्न सक्ने भवितव्य जोखिमहरुलाई न्यूनिकरण गर्न सक्ने भुमिका निभाउने गर्दछ । यो पेशा यस्तो हो कि आफनो थोरै मेहेनतले समाजमा रहेका आममानिसहरु लाई चेतना फैलाई उनीहरुलाई बीमाको पहँुचमा ल्याउने, जसले गर्दा आफुलाई पनि आम्दानी हुने गर्दछ । त्यसैले आम मानिसमा ज्ञान दिनुका साथमा आफुलाई पनि फाईदा पुग्ने गर्दछ । अभिकर्ता पेशालाई मर्यादित बनाउनका लागि स्वयं अभिकर्ताले नै म को हो, मेरो दायित्व के हो र साथमा मेरो जिम्मेवारी के हो बुझनु पर्ने हुन्छ । उनी भन्छन् बीमा एउटा बचत र आर्थिक सुरक्षाको माध्यम हो ।
उनी भन्छन् बीमा अभिकर्ता बीमा क्षेत्रको एक मेरुदण्ड हो, बीमा व्यसायलाई अगाडि बढाउनका लागि अभिकर्ताको मुख्य भुमिका रहेको हुन्छ । त्यसैले बीमा अभिकर्तामा सहनशीलता, बुझाउन सक्ने क्षमताका साथमा इमान्दारिता पनि हुनु पर्ने हुन्छ । बीमा क्षेत्र लाई अगाडि बढाउनका लागि अभिकर्ताको साथ सँगै राज्य र बीमा कम्पनिको पनि उत्तिकै महत्वपूर्ण भुमिका रहेको हुन्छ । उनले बीमा अभिकर्ता मात्र नभई विभिन्न कार्यक्रम मार्फत बीमाको ज्ञानको दायरालाई सम्पुर्ण मानिसहरुमा पुर्याउनका लागि मुख्य भुमिका पनि खेल्दै आईरहेका छन् । बीमा के हो ? यो किन चाहिन्छ, कसरी गर्ने जस्ता कुराहरुलाई आम समुदायमा फैलाई आत्म सन्तुष्ट प्राप्त गरेका अमात्य आफ्नो पेशा प्रति एकदमै सन्तुष्ट छन् । उनी भन्छन् आज म यहि पेशाकै कारणल समाजमा मलाई हेर्ने दृष्टिकोणमा पनि फरक रहेको छ ।
आमा, श्रीमति र एक छोरासँग रहँदै आएका अमात्य यहि पेशा कै कारणले जीवन शैलीमा फरकपन आएको बताउँछन् । अहिले उनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेजर छन् । बीमा कम्पनीहरुले अभिकर्तालाई एउटा क्षणिक रुपमा मात्र प्रयोग नगरि उनीहरुको वृत्ति र विकासमा ध्यान दिनु पर्ने हुन्छ । अभिकर्ताको प्रमोशनको कार्य प्रणाली ल्याएमा बीमा क्षेत्रमा आवद्ध जो कोहिले पनि राम्रो काम गरेर देखाउन सक्छन् । यस कार्यबाट बीमा पेशामा संलग्न जो कोहिले पनि आफनो काम लाई सही रुपमा गर्न सक्ने हौसला प्राप्त हुने उनको अनुभव छ ।
लामो समय देखि बीमा अभिकर्ताको पेशा अपनाएका अमात्यसँग बीमा गराँउदा रमाईला पक्ष र सम्झन लायकका पलहरु पनि धेरै छन् । तीनै पलहरुसँग आफ्ना ज्ञान र अनुभव लाई समेटेर आमसमुदायमा बीमाको ज्ञानको दायरा बढाउन लागि पर्ने उनको अठोट छ । उनमा अरुमा बुझाउन सक्ने क्षमता र धैर्यता छ जुन बीमा अभिकर्तामा हुनु पर्ने गुणहरु हुन् । यी गुणहरु भएकै कारणले आज यो अवस्थामा आईपुगेका छन् । जीवनको १७-१८ वर्षको उमेर देखि बीमा क्षेत्रमा लाग्दै आएका अमात्य आज ४९ वर्षको भईरहँदा पनि आफ्नो काम र कर्तव्य प्रति निष्ठावान रहदै आएका छन् ।
-इन्स्योरेन्स खबरकर्मी बिजया बास्कोटाले राजेन्द्र अमात्यसँग गरिएको कुराकानीमा आधारित