जोशी हाइड्रोपावरको १६ लाख ९० हजार कित्ता साधारण सेयर आउने

काठमाडौं: जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि १६ लाख ९० हजार ४७० कित्ता (१६ करोड ९० लाख ४७ हजार रुपैयाँ ) बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।  २०७५/०५/०६ गते कम्पनीले एक सय रुपैयाँ अंकित दरका १६ लाख ९० हजार ४७० कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

यस अघि कम्पनीले आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको तीन लाख ७१ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये एक लाख २९ हजार ३९० कित्ता सेयर मात्र विक्री भएको थियो ।

जोशी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार