काठमाडौं: एशियन लाइफ इन्स्योरेन्सको १० औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ शेयरको अनुपातमा रु. ७५ करोड ४० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । उक्त सम्झौता—पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राजेश कुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक श्री मेखबहादुर थापाले हस्ताक्षर गर्नु भएको छ ।
कम्पनीले प्रतिशेयर रु.१०० दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ र हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्ता पूँजी रु.२ अर्व १ करोड पुग्ने छ ।
रु. पाँच अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल चुक्ता पूँजी रु. १ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको छ । यस कम्पीको जीवन बीमा कोष रु. १३ अर्ब १३ करोड र कूल लगानी रु १२ अर्ब २९ करोड ९६ लाख रहेको छ । कम्पनीले आफ्नो २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् देशैभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।