कृषि बीमा किन गर्ने ?

नेपाल कृषि प्रधान देश हो । नेपालको आधा भन्दा बढी जनशक्ति यसै पेशामा लागी रहेका छन् । बैदेशीक रोजगारमा जाने व्यक्तिहरुको सङख्या पनी दिनप्रती दिन बढ्दै गईरहेको छ आखिर नेपालमै जग्गा खाली राखेर कती दिन चाही हामी वैदेशीक रोजगारको लागि विदेश मात्र धाईरहनु पर्ने यस्तो परिस्थितिलाई कहिलेसम्म हामीले अल्झाईरहने त ? प्रशन चिन्ह यहाँ खडा भएको छ । एक त वैदेशीक रोजगार एक अवसरको रुपमा रहेको छ कैयौ युवाहरुको लागी केही सिप सिकेर नेपाल मै कृषि क्षेत्रमै नयाँ काम गर्न युवाहरुले सफलता हासिल गरेको कुरा पनी हामी सुन्दौ आईरहेका छौ । समय परिर्वतन भईसकेको छ विज्ञान प्रविधिको उपस्थिति पनी कृषि पेशामा भईसकेको छ । त्यसैले यस पेशाा पनी केही फरक तरीकाले गर्दा पक्कै पनी राम्रो नतिजा हात पर्न सक्छ ।

यहाँ कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई सुरक्षित र व्यवसायिक बनाउनको लागि पनि कृषि बीमाको उपलब्धता छ । जसमा सरकारले ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ ।

बीमा समितिले ०६९ साल देखि कृषि बीमा सुरु गरेको हो । समितिले निर्जीबन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ ।

कृषि बीमाले रक्षावरण गर्ने जोखिम
कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने एउटा उत्तम उपाय हो । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ । बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन । बिउको समस्या हो भने आफैले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैले व्यहोर्नुपर्ने हुन्छ । तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै क्षतीपूती गर्छ ।

त्यस्तै, बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा, निर्धा्रित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा भुक्तानी पाइँदैन ।

बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा पनि बीमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुने छैन । बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा, चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५ किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा अथवा बीमकको सहमतिबीना पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा र पन्छीमा बर्डफ्लू भएमा बिमित भुक्तानी नपाउने व्यवस्था छ ।

प्रस्तुती:रिना खत्री

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार