IME Life
GBIME

सूर्या लाइफको फेरि ७०% हकप्रद परित, अझै ४ प्रतिशतले थप गर्नु पर्ने

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौँ: सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारण सभा सोमबार (असार ३२ गते) होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा सम्पन्न भयको छ ।साधारणसभाले लगानीकर्तालाई १२% बोनस सेयर दिने र कर प्रयोजनको लागि ०.६२% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। यस हिसाबले १२ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस र नगद लाभांशमा ६३ लाख ८२ हजार ८९५ रुपैयाँ बाँडिनेछ दिने प्रस्ताव पारित गरेको छ ।

Crest

कम्पनीले यसअघि १० प्रतिशत बोनस शेयर वितरण गरी ४० प्रतिशत हकप्रद शेयरसमेत जारी गरेको थियो । १२ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब १३ करोड पुगेको छ। त्यस्तै असार ३२ गते सम्पन्न भयको वार्षिक साधारण सभामा कम्पनीले ७० प्रतिशत हकप्रद शेयरको प्रस्ताव परित गरेको छ। ७० प्रतिशत हकप्रद शेयर पछि कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ।

बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसगै फेरि ७०% हकप्रद ल्याउन लागिएको हो । ७० प्रतिशत हकप्रद पछी कम्पनीको पुँजी अझै ८ करोडले अपुग हुन्छ। कम्पनीले अझै ४ प्रतिशतले आफ्नो पुँजी थप गर्नु पर्ने छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS