इन्स्योरेन्स खबर/काठमाडौँ: आज साताको अन्तिम दिन बजारले ३ प्रतिशतको वृद्धि हासिल गरेको छ। नेप्से परिसूचक बुधवारको तुलनामा ३६ अङ्कले बढेर १२२४ दशमलव ४१ को बिन्दुमा आएको छ।
आज इन्स्योरेन्स परिसूचकमा ५ दशमलव ४३ प्रतिशतको वृद्धि देखिएको छ भने माईक्रोफाईनान्स परिसूचकमा ५ दशमलव ५४ प्रतिशतको वृद्धि देखिएको छ। आज उत्पादनमुलक कम्पनीहरूको परिसूचक बाहेक सबै परिसूचकहरु हरियो देखिएका छन्।
६० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले आज नेशनल लाईफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ। आज नेशनल लाईफ इन्स्योरेन्सको मात्रै ३ करोड ७५ लाख बराबरको शेयर किनबेच भयो। आज सबै भन्दा धेरै कमाउनेमा युनाईटेड इन्स्योरेन्स पर्छ। आज युनाईटेड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो।
आज कारोबार रकममा पनि वृद्धि देखिएको छ। आज दिन भरमा ४६ करोड २० लाख बराबरको शेयर किन बेच भयो। बजार सुस्ताएको बेला आज एक्कासि कारोबार रकम र नेप्से परिसूचकमा वृद्धि देखिएको छ। मौद्रिक नीति नजिकिँदै जाँदा मौद्रिक नीतिको प्रभाव बजारमा परेको हुन सक्ने आकलन गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवः डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
- श्री एयरलाइन्सको टिकट खरिदमा रू ५ सय नगद छुट
- नेपाल लाइफले सार्वजनिक गर्यो ‘नेपाल लाइफ रक्षा कवच जीवन बीमा’ योजना, यस्ता छन् विशेषता
- कार्यकारी निर्देशक सहित रिक्त पदमा नियुक्तिका लागि विज्ञापन प्रकाशन गर्दै प्राधिकरण