IME Life

बीमा बुझेर गराै, जिबन बीमा आर्थिक सुरक्षाको साथै सुख र दुःखको साथी हो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

बीमा बुझेर गराै जिबन बिमा सुख र दुःखको साथी हो : तपार्इंलाई आर्थिक समस्या परेको समयमा यसले सहयोग गर्छ । तपाईंले थोरै रकम भुक्तानी गरी आफनो ठूलो जोखिमको सुरक्षा पनि गर्न सक्नुहुन्छ । बिमा गर्दा आफ्नो आर्थिक अबस्था  बिचार पुर्याउनु पर्छ । हरेक बर्ष नियमित किस्ता तिर्न सहज हुनेगरी कति रकमको बिमा गर्ने हो भनेर तय गर्नु पर्दछ । प्रबिधिको बिकाश संगै जोखिम पनि तेत्तिकै बढिरहेको छ ।

बिहान घरबाट निस्केको मानिस सकुशल घरमा फर्किन्छ फर्किदैन अनिश्चित छ । घरमा कमाउने मानिसको मृत्यु भयो भने बाकी सबै परिबारको बिचल्ली हुन्छ । त्यसैले पारिबारिक सुरक्षाको लागि जिबन बिमा सबैका लागि उपयोगी छ । त्यसमा पनि अहिलेको समयमा प्रविधिको साथमा जोखिम पनि चारैतिर बढेको छ । सबै बिमा कम्पनीले सुरक्षा र बचत प्रदान गरेकै हुन्छन् तर पनि बिमा गर्ने बेलामा अभिकर्ता त कर्मचारी मात्रै चिनजानको भरमा बिमा गर्ने परिपाटीको अन्त्य हुनुपर्छ ।

Crest

जहिले सम्म बिमित सचेत भएर आफुले बिमा गर्ने कम्पनीको ब्यबस्थापन पक्ष कस्तो छ ,सस्थागत सुसासन पालना गरेको छ कि छैन, लगाानिकर्ता को को छन बोनस दर के कस्तो छ , काम गर्दा पारिबारिक बाताबरण कि छैन अादि धेरै कुरामा बिचार पुर्याउनु पर्ने हुन्छ । खाली केही आर्थिक फाइदाको लागि मात्रै बिमा गराउनु हुँदैन मानव जिबनमा अति दुख परेकाे अवस्थामा हरेक व्यक्तिका लागि बिमा उत्तिकै आवश्यक पनि छ ।

नेपाल जस्तो भौगोलिक विकट मुलुकका नागरिकका लागि बिमा झनै यो उपयोगी छ । तर, चेतनाको अभाव कै कारण बिमालाई अझै पनि अनावश्यक खर्चका रूपमा हेर्न प्रचलन छ । तर, पछिल्लो समय भने बिमा क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ । अहिले बजारमा ९ बटा नया बिमा कम्पनी थपिए सगै धेरै नया नया याेजनाहरू अाएका छन । ४० बर्ष पुराना कम्पनीले अहिलेसम्म ल्याउन नसकेको स्वस्थ्य बिमा योजना अहिले नयाँ कम्पनीले ल्याएका छन । जसले गर्दा बिमाको बारेमा जनचासो र जनबिस्वास बढेकाे पाईन्छ । मानिसहरू स्वास्थ बिमाप्रति आकर्षित हुन थालेका छन् । तर, बिमा योजना खरिद गरेर मात्रै जोखिमबाट मुक्त हुन सकिँदैन ।

जिबन बिमा गरेपछि बिमितले केही विषयलाई ख्याल राख्नुपर्छ । अन्यथा बिमा योजना खरिद गरे पनि यसको फाइदा लिन सकिँदैन । बिमा गरि सकेपछि बिमालेखको सर्तहरू पालना गर्नु पर्ने हुन्छ । कतिपय बिमितहरु लहैलहैमा बिमा गर्ने त्यस पछि नियमित किस्ता नतिर्ने त्यत्तिकै बिचमै बिमा छोडिदिने गरेको पाइन्छ । यस्तो अबस्थामा बिमाले जोखिम बहन गर्दैन र बिमा गर्नुको कुनै पनि अर्थ हुदैन । तेसैले बिमा करकापले लहै-लहैमा होईन बुझेर बिमा गर्न जरुरी छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS