इन्स्योरेन्स खबर/काठमाडौं: रिलायन्स लाईफ इन्स्योरेन्सले पहिलो दाबी रकम भुक्तानी गरेको छ । रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत कम्पनीले काठमाडौँ जोरपाटी निबाशी विश्वराम भट्टराईका परिवारलाई बीमांक रकम १ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
भट्टराईले गत फाल्गुन ०८ गते रिलायन्स लाईफ इन्स्योरेन्सबाट रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत एक लाखको बिमा गरि पहिलो वर्षको प्रिमियम बापत जम्मा छ हजार पाच सय एघार कम्पनीमा बुझाएक थिए ।
रिलायन्स लाईफ इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । कम्पनीले निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।
रिलायन्स लाईफ इन्स्योरेन्स लि. सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो, जसको कूल पूँजी रु.२ अर्ब १० करोड र चुक्ता पूँजी रु.१ अर्ब ४७ करोड रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिनेछ ।