इन्योरेन्स खवर/काठमाडौं: सुर्या लाईफ इन्स्योरेन्स कम्पनीले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले एक सय अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद सेयरमा वैशाख ४ गतेसम्म कायम सेयरधनीले वैशाख ३१ गतेदेखि असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रदमा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल साथै सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले बीमा समितिले तोकेको बमोजिम २०७५ सम्ममा २ अर्ब पूँजी पुर्याउनु पर्नेहुन्छ ।