इन्स्योरेन्स खबर/काठमाडौं, वैशाख २३ । नेपाल सेवा लघुवित्तको साधारण सेयर आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइबार सेयर बाँडफाँड भएको हो ।
गोलाप्रथाद्धारा बाँडफाँड गरिएको कम्पनीको आईपीओ १६ हजार ७४० जना आवेदकले प्राप्त गरेका छन् ।
एक सय रुपैयाँ अंकित दरको एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको थियो । जसमध्ये २ प्रतिशत (३ हजार ६ सय कित्ता ) सेयर संस्थाका कर्मचारीका लागि र सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत (९ हजार कित्ता) सेयर छुट्याइएको थियो । बाँकी एक लाख ६७ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।