काठमाडौं, वैशाख ६ । कालिका पावर कम्पनी लिमिटेडले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
यसअघि आयोजना प्रभावित गोरखाका स्थानीयबासीका लागि ६ करोडको आईपीओ निष्कासन गरिसकेको कम्पनीले हाल सर्वसाधारण लगानीकर्तालाई सेयर जारी गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको गर्न लागेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केटस लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।
कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ ।