नेपाल इन्स्योरेन्सको १००% हकप्रद निष्कासन

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ५ । नेपाल इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद बुधबार देखि बिक्री खुला भएको छ । कम्पनीले १  बराबर१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

चैत २२ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सकिने यस हकप्रदमा जेठ ८ गतेसम्म पाइनेछ ।

कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । हकप्रद बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट सहित लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको कमलादी कार्यालय सहित सम्पूर्ण शाखाबाट तथा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । १०० प्रतिशत हकप्रदपछि पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार