कैलाश विकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुले एकद्धार सेवा प्रणालीमार्फत निर्जिवनबीमा सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबारसम्झौता गरेको हो ।
सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखामार्फत कैलाश विकास बैंकका ग्राहकहरुले बैंकका जुनसुकै शाखाबाट सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी र दावी भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ ।