IME Life
GBIME

उप–प्रवन्धकदेखि सहायक स्तर सम्म ५१ जनाको लागि नेपाल टेलिकममा जागिर खुल्यो

SPIL
NIC ASIA new
NLIC

नेपाल टेलिकमले नयाँ जागिर खुलाएको छ । उप–प्रवन्धकदेखि सहायक स्तरका ५१ जनाको लागि ‍विज्ञापन खुला गरेको छ ।टेलिकमले आदिवासी जनजातीतर्फ १ जना उपप्रवन्धक माग गरेको छ भने इन्जिनियरिङ तर्फ १५ जनाको लागि विज्ञापन खुला गरेको जनाएको छ ।

टेलिकम इन्जिनियरिङको इलेक्ट्रिकल तर्फ ३ जना, इन्जिनियरिङकै कम्प्युटर तर्फ ६ जना, सहायक लेखा अधिकृत तर्फ २ जना, सहायक प्रशासकिय अधिकृत २ जना र सहायकतर्फ २२ जनाको लागि विज्ञापन खुला गरेको हो ।

Crest

उपप्रवन्धककालागि स्नातकोत्तर गरी सम्वन्धित क्षेत्रमा ७ वर्षको अनुभव हुनु पर्ने तथा प्राविधक तर्फत कम्प्युटर वा आइटीमा स्नातक गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

सहायक लेखा अधिकृत तर्फकालागि व्यवस्थापनमा स्नातक गर्नुपर्ने तथा प्रशासकिय अधिकृत तर्फ स्नातक गरेको साथै सहायकको लागि एसएलसी पास गरेको हुनु पर्ने योग्यता तोकिएको टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमले बढुवा तर्फ २५ जना माग गरेको छ भने आन्तरिक बढुवा तर्फ ८ जनाको लागि दरखास्त आह्वान गरेको छ । दरखास्त दिने अन्तिम म्याद चैत २४ गतेसम्म रहेको र अनलाइनबाट दरखास्त दिन सकिने टेलिकमले जनाएको छ ।

अन्य जानकारीको लागि https://www.ntc.net.np/vacancy-assets/20180309122504.pdf  मा हेर्न सक्नु हुने छ  ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS