नेपाल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार १ सय १६ तोकेको छ । आधरभूत मूल्य १ हजार ६ सय ९९ दशमलव १० रुपैयाँ थियो । कम्पनीले ४२ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सकोको मिति २०७४/११/१३ गते सोमबार सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट ४२% (१ अर्ब ३० करोड ५ लाख रुपैयाँ) बोनस शेयर र २८.५३% ( ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल, ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ चुक्ता पुँजी भएको इन्सुरेन्समा जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ जम्मा छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा र प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ ।