IME Life New

केवल ३ मिनेटमा २ लाख कार बुक, शाओमीले ल्यायो यस्तो इलेक्ट्रिक एसयूभी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर इलेक्ट्रिक कारको माग बढ्दै गएको छ। धेरैजसो मानिस अब परम्परागत फ्युल (डिजेल र पेट्रोल)मा निर्भरता कम गर्नका लागि ईभीतर्फ आकर्षित भइरहेका छन्।

इलेक्ट्रिक कार बजारमा टेस्ला र बीवाईडीले विश्वभर पकड जमाइरहेका छन्। तर, चीनको स्मार्टफोन निर्माता कम्पनी शाओमीको एउटा कारले अहिले तहल्का मच्चाइरहेको छ।

Esewa
Crest

जुन २६ को लन्चको दिन शाओमी वाईयू७ कारको पहिलो ३ मिनेटमा २ लाखभन्दा बढी युनिट बुक भएको थियो। अनि १ घन्टाभित्रै यो आँकडा २ लाख ८९ हजार युनिटसम्म पुग्यो।

शाओमी वाईयू७ उच्च मागका कारण अन्य प्रतिद्वन्द्वको पसिना छुटाउनुका साथै शाओमीका सीईओ पनि अब यो ब्रान्डमा प्रेसर कम गर्न चाहन्छन्। सीईओ लेई जुनले भविष्यमा वाईयू७ किन्ने ग्राहकले अन्य ब्रान्डको कार किन्नेतर्फ विचार गर्नुपर्ने सुझाव दिएका छन्।

अटोमोबाइल्सको दुनियाँमा यस्तो पहिलोपटक भएको छ कि कुनै पनि कार निर्माता कम्पनीका सीईओले आफ्ना ग्राहकलाई अन्य ब्रान्डको कार किन्न अपिल गरेका छन्।

गत जुलाईमा कम्पनीको शाओमी वाईयू७ कुल ६ हजार २४ युनिट डेलिभरी भइसकेको छ। यो इलेक्ट्रिक कारको प्रतीक्षा अवधि १ वर्षभन्दा धेरै भइसकेको छ।

चाइना अटोमोटिभ टेक्नोलोजी एन्ड रिसर्च सेन्टरको तथ्यांकअनुसार टेस्लाले चीतमा पछिल्लो ६ महिनामा २ लाख ६५ हजार ४०० युनिट कार बचेको छ। जब कि केबल १८ घन्टामा शाओमी वाईयू७को २ लाख ४० हजार युनिट कार बुक भइसकेको छ।

यो कारको मूल्य २ लाख ५३ हजार ५०० युआन (लगभग साढे ४९ लाख रुपैयाँ) तोकिएको छ। जुन चीनमा टेस्लाको मोडल वाईको तुलनामा करिब ४ प्रतिशतले सस्तो हो।

यस एसयूभीमा डुअल जिरो ग्रेभिटी फ्रन्ड सिट दिइएको छ। यसका साथै पावर एडजस्टेबल रियर सिट पछाडि बस्ने यात्रुलाई कम्फर्टेबल राइड दिनेछ।

यो इलेक्ट्रिक कार ३ वटा भेरिएन्टमा आउँछ। जसमा वाईयू७, वाईयू७ प्रो र वाईयू७ म्याक्स रहेका छन्। जुन अलग–अलग ब्याट्री प्याकका साथ भिन्न ड्राइभिङ रेन्ज दिनेछन्।

वाईयू७ सिंगल चार्जमा ८३५ किलोमिटर, प्रो ७७० किलोमिटर र म्याक्स ७६० किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS