IME Life New

माैसम परिवर्तनसँगै काठमाडाैंको वायू प्रदूषण बढ्यो, चिकित्सक भन्छन्, मर्निङ वाकमा नजानुहोला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माैसम परिवर्तनको असरले काठमाडाै‌ं उपत्यकामा वायू प्रदूषणको अवस्था निक्कै खराब रहेको छ। विश्व स्वास्थ्य स‌ंगठनले वायू स्वच्छताका लागि तोकेको मापदण्डभन्दा धेरै गुणा बढी अहिले काठमाडाै‌ं उपत्यकाको वायू प्रदूषित छ।

जाडोसँगै देशभरको वायु प्रदूषणसमेत बढ्दो क्रममा छ । काठमाडौंको वायूको गुणस्तर सूचकांक एक्यूआई शुक्रबार १५५ रहेको छ। यो सूचका‌ंक बिहीबार १ सय ८८ सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा यो १३ गुणाले बढी वायू प्रदुषण हो ।

Esewa
Crest

साँझको समयभन्दा बिहानको समयमा वायू प्रदूषण उच्च हुने भएकाले सकेसम्म बिहानको समयमा प्रभात यात्रा(मर्निङ वाक) मा ननिस्किन चिकित्सकले सुझाएका छन् । चिकित्सकका अनुसार बिहान ५ देखि ८ बजेसम्मको समयमा तुलनात्मकरुपमा वायू प्रदूषण उच्च रहने गरेको छ। छातीरोग विशेषज्ञका अनुसार उपत्यकामा अहिले देखिएको  वायू प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको छ।विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाएको छ।

प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमण हुनसक्ने भएकाले सकेसम्म घर बाहिर ननिस्किन र निस्किनु परे पनि सीमित समयका लागि मात्र निस्किन सुझाइएको छ। साथै मास्कको अनिवार्य प्रयोग गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् । वायु प्रदूषण बढेसँगै वायुमण्डलमा भाइरसको मात्रा बिस्तारको गति पनि बढ्ने भएकाले जीवाणु सङ्क्रमणको जोखिम पहिलेभन्दा निकै बढ्छ।

शुक्रबार बिहान काठमाडाै‌ंको न्यूनत्तम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS