काठमाडौं ।इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।

त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले बताउनु भयो ।
पहिरोमा परेर घाइतेको उद्धार लागि नेपाली सेनाको हेलिकप्टर माङसेबुङ-१ गजुरमुखी पुगेको छ । गम्भीर घाइते गर्भवती महिलासहित घाइतेहरुको उद्धार गरिएको छ ।
घाइतेहरुलाई उपचारका लागि धरानको विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको छ ।
तस्बिर श्रोत : सशस्त्र प्रहरी

















