काठमाडौं । आज चैत ९ गते निप्स पोखरा च्याप्टरको १२औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न भएको छ । निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्री नाथ पौडेलको अध्यक्षता तथा बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशब प्रसाद दाहालको प्रमुख अतिथ्यता र बीमा प्राधिकरण उपनिर्देशक सम्भु प्रसाद मिश्रको विशिष्ट आथिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अबसरमा निप्सले मानव आश्रममा आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रमुखले २ बर्षको पोखराको कार्यकालमा निप्स पोखरासँग सहकार्य गरेको आफ्नु अनुभव साटेका थिए । साथै निप्सलाई आगामी दिनको लागि शुभकामना व्यक्त गरेका थिए ।
बीमा प्राधिकरण उपनिर्देशक मिश्रले आगामी दिनमा निप्ससँग सहकार्य गर्ने प्रतिबद्धता प्रकट गरे । साथै निप्स पोखरा सक्रिय भएकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा कोषाअध्यक्षको प्रतिवेदन कोषध्यक्ष शिव सुवेदीले र सचिबको प्रतिबेदन सचिब छवि पौडेलले पेश गरेका थिए ।
उक्त कार्यक्रमा निप्स आजिबन सदस्य बिष्णु पौडेल तथा टुल्क नाथ आचार्यले पनि आफ्नो धारणा राखेका थिए ।